Techie IT
मंगलबार, फागुन १८,२०७७

मुलुकमा थप जटिलता बढ्दै गर्‍यो :राप्रपाका अध्यक्ष कमल थापा


काठमाडौँ ।
राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा थप जटिलता बढ्दै गएको बताएका छन्। मुलुकका प्रमुख अंगबीचको विवादले थप जटिलता बढाउँदै लगेको उनले बताए।

आइतबार दमकमा मिडिया नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रमलाई संबोधन गर्दै उनले भने,’सभामुखले राष्ट्रपति प्रधानमन्त्री मुद्दा हाल्ने, उपराष्ट्रपतिले राष्ट्र प्रमुखविरुद्ध बोल्ने, यसले कुन हिसाबको मर्यादामा पुगिन्छरुु अध्यक्ष थापाले गणतन्त्रको उपहास गर्न मुलुककै प्रमुख अंगहरु नै लागेको आरोप समेत लगाए। प्रधानमन्त्रीले अदालतले विघटन सदर नगरे आन्दोलन गर्ने चेतावनीले थप अन्यौलता थपिएको बताउँदै थापाले भने, ‘प्रधानमन्त्री आफै चुनावको तयारी गर्ने भन्नुहुन्छ, तर आफैं चेतावनी दिँदै हिँड्नु भएको छ।’

‘वैधानिक रुपमा सत्तारुढ दल विभाजनको अवस्थामा नपुगेका कारण प्रधानमन्त्रीले ६४ प्रतिशत हुँदाहुँदै विघटन गरेको हुँदा अब निर्वाचनमै जानुपर्ने अवस्था छु, उनले भने, ‘अन्य पार्टीले सरकार बनाउन नसक्ने अवस्था हुँदा अब ताजा तनादेशमा जानुको बिकल्प छैन।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार