Techie IT
आईतबार, फागुन १६,२०७७

संसद विघटनविरुद्ध परेका मुद्दाको फैसला जुनसुकै बेला पनि हुन सक्ने

मंगलबारदेखि संसद विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथिको बहस सकिएसँगै फैसलाको जुनसुकै दिन र जुनसुकै बेला हुन सक्ने भएको छ । गत शुक्रबार बहस सकिएलगत्तै सोमबार सम्म नोट पशे गर्ने दिन तोकेको थियो । मंगलबारबाट यो मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । यसको फैसला जुनसुकै बेला पनि हुन सक्ने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बताएका छन् ।

गत माघ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसका विरुद्धमा सर्बोच्चमा १३ वटा मुद्दा दर्ता भएका थिए र गत माघ ४ गतेदेखि संसद विघटनविरुद्धका मुद्दामाथि सूरु भएको बहस गत शुक्रबार सकिएको छ ।यस मुद्दालाई हेर्नको लागि सर्बोच्चले प्रधानन्यायाधीश राणको संयोजकत्वमा संवैधानिक परिषद पनि गठन भएको छ र एमिकस क्यूरीले पनि यस सम्बन्धमा आफ्नो राय दिइसकेको छ ।

गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनविरुद्ध परेका मुद्दामा संवैधानिक इजलासले माघ ४ गतेदेखि विषयबस्तु केन्द्रित भएर बहस सुन्दै आएको थियो।रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो भने त्यसपछि एमिकस क्युरीले बसह गर्दै आएका थिए।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार