Techie IT
१० कात्तिक २०७८, बुधबार

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री


काठमाडौं ।
प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए ।उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’

केपी ओलीले राजतन्त्र फर्काउने रे जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ। हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं, ओलीले भने। बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भन्नेको सुने,’ उनले भने, ‘यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे  हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’

बाहिर बाट २/४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए । यो त कास्टिङ मात्र हो अर्को कास्टिङ बुटवल र विराटनगरमा देखाउँदैछौं
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी र प्रदेश नम्बर १ मा पनि सभा गर्ने बताएका छन्।अब आउने दिनमा काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्