Techie IT
१० कात्तिक २०७८, बुधबार

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारदेखि सरकार पक्षका वकिललाई समय तोकिदिने


काठमाडौँ ।
संवैधानिक इजलासले आइतबारदेखि सरकार पक्षका वकिललाई समय तोकिदिने भएको छ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारदेखि सरकार पक्षका वकिललाई पनि निश्चित समय निर्धारण गरिने बताएका छन् । शुक्रबारको बहस सकिएलगतै जबराले भने, ‘ल आजलाई यति गरौँ, आइतबारदेखि तपाईहरुले १० देखि १५ मिनेट मात्रै पाउनुहुन्छ। प्रधानमन्त्रीको तर्फबाट पनि निकै जना हुनुहुन्छ।’ शुक्रबार सरकारको पक्षबाट लोकराज पराजुली, खेमराज ज्ञवाली, सञ्जीवराज रेग्मीले बहस गरेका छन्।यसअघिनै नारायण पौडेल, विश्वराज कोइराला, पदमप्रसाद पाण्डेय र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरिसकेका छन्।

प्रधानमन्त्रीको तर्फबाट भने वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरेका थिए। सरकारी वकिलतर्फ अझै चार जनाले बहस गर्न बाँकी छ र उनीहरुका लागि समयको हदबन्दी लगाउने इजलासले जनाएको छ। शुक्रबारसम्म यस पक्षका वकिलहरुले आफले मागेजति समय पाएका थिए।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्