Techie IT
१० कात्तिक २०७८, बुधबार

सर्वोच्च अदालतले गर्यो संवैधानिक आयोगमा पद नियुक्ति भएके बारे सरकारका नाममा कारण देखाऊ आदेश जारी


काठमाडौं ।
सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा पद नियुक्ति भएके बारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

नियुक्ति सिफारिस भएको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए स्वतः नियुक्ति हुने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार सिफारिस भएकाहरुमध्ये ३४ जनाले सम्बन्धित आयोगमा नियुक्तिको शपथ नै लिइसकेका छन्।शपथअघि सर्वोच्चमा त्रिपाठीले रिट दायर गरेका थिए।

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत संवैधानिक परिषदको बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावी गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रारम्भिक सुनुवाई भएको छ । इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ ।

रिट निवेदकका तर्फबाट निवेदक त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्