Techie IT
१० कात्तिक २०७८, बुधबार

काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो:प्रधानमन्त्री केपी शर्मा ओली

यो आमसभाले नै तय गरिसक्यो यो कुन चाहि सक्कली र कुन चाहि नक्कली हो


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट आएको आजको आमसभाले सक्कली र नक्कली नेकपाको भन्ने फैसला गरिसकेको दाबी गरेका छन्।

शुक्रबार नेकपाको ओली समूहले काठमाडौँको दरबारमार्गमा आयोजना गरेको जनसभामालाई सम्बोधन गर्दै उनले भने, ‘यो आमसभाले नै तय गरिसक्यो यो कुन चाहि सक्कली र कुन चाहि नक्कली हो। प्रचण्ड-माधव नेपालले गर्ने आन्दोलनलाई नरभक्षी आन्दोलनको संज्ञा दिँदै उनले भने, ‘प्रचण्ड-माधवको नरभक्षी आन्दोलनको दिन गए। बन्दको नाममा ट्याक्सीभित्र गरीब ड्राइभर जलाउन खोज्‍ने दिन गए। ‘गरीबका लागि काम गर्ने भन्‍ने तर बुढि आमाले टमाटर साग बेच्न राखेका तरकारी फ्याकेर उहाँहरु क्रान्ति र आन्दोलन गर्नुहुन्छ।’’सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’

यस्तै ओलीले सार्वभौतसत्ताको रक्षाको लागि, स्वाधिनताको रक्षा गर्दै ठीक ढंगले प्रयोग गर्ने पार्टी नेकपा भएको जिकिर गरेका छन्। लोकतन्त्रका लागि सात दशक संघर्ष गरेर आएको पार्टी हो नेकपा। देश बनाउने संकल्प बोकेको हुनाले यही नै नेकपाको मूल पार्टी हो।’उनले भने ।

गरीबको नोक्सान भएको क्षतिपूर्ति सरकारले दिने भन्‍दै उनले ट्याक्सीवालालाई इन्स्युरेन्स नदिए सरकारले क्षतिपूर्ति दिलाउने आश्वासन दिए।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्