Techie IT
१० कात्तिक २०७८, बुधबार

सभामुखको रिट : प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३९ जना विपक्ष भए


काठमाडौं ।
बुधबार संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

शुक्रबार दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत नियुक्ति लिएकाहरु सबैलाई विपक्षी बनाइएको छ । रिटको पेसी आइतबारलाई तोकिएको छ । कानूनी र राजनीतिक विवाद भइरहेकाो बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारीलाई सपथग्रहरण गराई नियुक्त गरेकी थिइन् ।

३० मंसिरमा संवैधानिक परिषदको बैठक बस्न कोरम नपुगेपछि सरकारले दिउँसो अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी अध्यादेश जारि गरेको थियो । त्यही दिन साँझ बोलाइएको बैठकमा प्रधानमन्त्री राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश सहभाागी भएका थिए। तर सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले बहिस्कार गरेका थिए ।त्यस बैठकमा संवैधानिक निकायमा पदपूर्तिबारे छलफल भए पनि निर्णय नभएको बताइएको थियो । तर ५ पुसमा मन्त्रिपरिषदले प्रतिनिधिसभा विघटनको सिफारिससँगै संवैधानिक परिषदको ३० मंसिरको बैठकले विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्ति सिफारिस गरेको पत्र संसद सचिवालयमा पुगेको थियो । प्रतिनिधिसभा विघटनसँगै सनुवाई सम्भव नभएको भन्दै सभामुख सापकोटाले नै १८ माघमा नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषदमै फिर्ता पठाएका थिए ।संविधानअनुरुप संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन गरिनुपर्ने हुन्छ । तर, सिफारिसको ४५ दिनसम्म निर्णय दिन नसकेको अवस्थामा स्वतः अनुमोदन भएको मानिने संसदको संयुक्त बैठक र संयुक्त समितिको नियमावलीलाई टेकेर नियुक्ति दिइएको थियो । ३८ पदाधिकारी सिफारिस भएको भए पनि ३२ जनाले सपथ लिएका थिए । स.बैधानिक संसद विघटन विरुद्द सर्वोच्चमा मुद्दा विचाराधीन रहेका बेला सभामुख सापकोटा अर्को रिट लिएर गएका हुन् । नेपालको इतिहासमा बहालावाला सभामुख सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएको यो पहिलो घटना हो ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३९ जनालाई विपक्षी बनाइयो । सभामुख सापकोटाले संवैधानिक परिषदको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार दायर गरेको आजको रिट निवेदनमा अध्यादेशमार्फत् संवैधानिक अंगहरुमा नियुक्त सबै पदाधिकारीलाई विपक्षी बनाइएको छ । रिटमा जम्मा ३९ व्यक्ति र संस्थालाई विपक्षी बनाइएको छ । सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषदका साथै प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेसप्रसाद तिमल्सिनालाई पनि विपक्षी बनाएका छन् ।

संवैधानिक परिषदको बैठक, सरकारले जारी गरेको अध्यादेश अनि त्यसका आधारमा संवैधानिक निकायहरुमा भएका नियुक्तिहरु असंवैधानिक एवं कानूनविपरीत भएको भन्दै सभामुख सापकोटाले शुक्रबार रिछट दायर गरेका हुन् ।
रिट आइतबार बिहान १० बजेका लागि पेशी तोकिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्