Techie IT
१० कात्तिक २०७८, बुधबार

केपी शर्मा ओलीले जेजे गर्छन्, त्यो मानेर तामासा हेरेर आफुहरु बस्न नसक्ने:माधवकुमार नेपाल


काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड(माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीकेपी शर्मा ओलीले जेजे गर्छन्, त्यो मानेर तामासा हेरेर आफुहरु  बस्न नसक्ने बताएका छन् ।

पछिल्लो समयमा विवादमा रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको यो आन्तरिक विवाद मात्र नभएको उनले बताए । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले भने, यो देशको मामिला भयो, लोकतन्त्र र संविधानको मामिला भयो ।’ त्यसको विरोधमा हामी सडक संघर्षमा लागी रहेका बेला ओलीले राज्य संयन्त्रहरु कब्जा गर्ने गरी संवैधानिक निकायहरुमा असंवैधानिक रुपमा नियुक्ति गरेकाले आमहड्तालमा उत्रिनु परेको उनले बताएका छन् । बन्दका कारण दैनिक ज्याला मजदुरी गर्ने, बिरामी लगायतलाई बढी असर गरेको भन्दै उनले माफी मागे ।

माधवकुमार नेपालले अघि भने, ‘यसले सन्देश गएको छ, केपी ओलीले जेजे गर्छन्, खुरुखुरु मानेर तमासा हेर्ने बाला छैनौं ।’ रिङरोडमा नेपाली सेनाको बख्तरबन्द गाडी गुडाउँदैमा कोही तर्सिने वालामा छैन । शान्तिपूर्ण आन्दोलनमा आएकालाई केपी ओलीको निर्देशनमा बल प्रयोग भएको छ। केपी ओलीको अपराधको इतिहासले हिसाब राख्छ उनले बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्