Techie IT
१० कात्तिक २०७८, बुधबार

संवैधानिक निकायमा गरेका नियुक्तिविरुद्ध रिट हाल्न सभामुख सापकोटा सर्वोच्चमा


काठमाडौँ ।
संवैधानिक निकायमा पदाधिकारी बुधबार भएको नियुक्तिको विषयलाई सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्।

शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा गएर गैरकानुनी रुपमा भएको नियुक्ति खारेज गर्न माग गर्दै रिट दायर गर्न लागेको उनी निकट स्रोतले जानकारी दिएको छ । सभामुख सापकोटाले शुक्रबार दिँउसो पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने बताइएको छ। सभामुख सापकोटाले संसद् नभएपछि सुनुवाइ गर्ने समिति पनि नभएको भन्दै संवैधानिक परिषदका सिफारिस फिर्ता पठाएका थिए। तर, ३० मंसिरमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सम्मिलित बैठकले सिफारिस गरेका ३८ मध्ये ३२ जनाले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।

यसको विरोधमा नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजले समेत विरोध जनाउँदै आएका छन्।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्