Techie IT
३१ असोज २०७८, आईतबार

सभाका लागि भन्दै दरबारमार्गको सडक बिहानै पानीले पखालियो,सभामा आउनेहरूका लागि घुम्ती शौचालयको पनि व्यवस्था


काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओली पक्षले शुक्रबार नारायणहिटी दरबारअगाडि आमसभा गर्दैछ।


उक्त पक्षको बागमती प्रदेशले आयोजना गर्न लागेको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन्। जनसभाका लागि भन्दै दरबारमार्गको सडक बिहानै पानीले पखालिएको छ। त्यस्तै सभामा आउनेहरूका लागि घुम्ती शौचालयको पनि व्यवस्था गरिएको छ। यसअघि हिजो नैदरबारमार्गबाट भएका डिभाइडर हटाइसकेको थियो।

सभाअघि उक्त समूहले राजधानीका विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने नेता महेश बस्नेतले जानकारी दिए। बिहान ११ बजेदेखि जुलुस सुरू हुनेछ।

  


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्