Techie IT
१० कात्तिक २०७८, बुधबार

जनता जागेपछि प्रतिगनकारीका सबै ‘सेटिङ’ भत्किछ, अब के के हुन्छ, त्यही बेला हुन्छ, अहिले भन्दिनँ : प्रचण्ड


काठमाडौँ ।
आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागेपछि प्रतिगनकारीका सबै ‘सेटिङ’ भत्किने चेतावनी दिएका छन्।

प्रतिनिधि सभा विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिगामी यात्रा सफल पार्न सर्वोच्च अदालतसम्म सेटिङ मिलाएको भन्ने चर्चा चलिहरहेका बेला अध्यक्ष प्रचण्डले जनताको शक्तिले ती सबै विफल पार्ने चेतावनी दिएका हुन्। यो प्रतिगमनका पक्षमा र संविधानमाथि भएको हमला हो। के भएको हो हामी सबै भन्नेछौं, प्रचण्डले भने, अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्, उनीहरू कम्युनिष्ट होइनन्। यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन् । अध्यादेश ल्याएर हतार-हतार नियुक्ति भएको छ। सदस्यहरूलाई बोलाइएको छैन। पार्टीमा नियुक्ति गरेकै छैन भन्नुभएको थियो, उनले भने, अहिले संविधानको हत्या भएको छ। जंगली राज गरिएको छ। तपाईहरू प्रचण्ड र माधव नेपाललाई मात्र नहेर्नुस्।
आज बिहान ललितपुरमा आयोजित पत्रकारसँग अन्तरक्रियामा उनले भने, ‘सबैभन्दा ठूलो सेटिङ त जनता हो जनता उठेपछि सबै सेटिङ भन्त्किन्छ।’ अदालत र निर्वाचन आयोगतिर लक्षित गर्दै उनले अगाडि भने, ‘जनताकोअनुसार काम गर्छन्, नगरे कयामत हुन्छ। के के हुन्छ अहिले भन्दिनँ, त्यही बेला हुन्छ।’


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्