Techie IT
१० कात्तिक २०७८, बुधबार

शीतल निवासम्म नागरिक समाजद्वारा मार्च पास(फोटो फिचर)


काठमाडौँ ।
शुक्रबार बिहान बृहत नागरिक आन्दोलनले संवैधानिक निकायहरूमा भएको असंवैधानिक नियुक्तिको विरोधमा काठमाडौंमा मार्च पास गरेको छ।


शुक्रबार बिहानमा नागरिक आन्दोलनका अगुवाहरूले लैनचौरदेखि शितल निवाससम्म मार्चपास गर्ने तयारी गरेका थिए। उनीहरूलाई प्रहरीले पानी पोखरीमै रोकेको थियो। यसअघि संसदीय सुनुवाइबिनै विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई बुधबार शितल निवासमा सपथ खुवाइएको थियो। नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् ।

उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छ, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेटसहित मार्च पास गरेका थिए ।

 


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्