Techie IT
३१ असोज २०७८, आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई कानुन मानेर अगाडि बढ्न सुझाब दिए


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुन मानेर अगाडि बढ्न सुझाब दिएका छन्।बिहीबार काठमाडौँमा आयोजित किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुन मान्दिनँ भन्ने दिन गएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले कानुन मान्दैनौँ भन्दै सबैलाई थर्काउँदै छाडा हिँडेको बताएका छन् । उनले प्रमुख जिल्ला अधिकारीदेखि अदालत र निर्वाचन आयोगसम्मलाई थर्काउँदे हिडेका आरोप लगाए। कानुनको पालना गर्नुहोस्, हप्कीदप्की गर्ने होइन्। कानुनको पालना गर्न सिक्नुहोस् ।

लोकतन्त्र भनेको कानुनको राज हो बलमिच्याइँको राज होइन’, उनले भने, ‘प्रचण्डलाई सम्झाउदै भन्छन्, कानुनको पालना गर्न गर्दिनँ भन्ने ती दिन गए। जतिबेला तपाईं संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो। त्यो जमाना गयो।’


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्