Techie IT
१० कात्तिक २०७८, बुधबार

आमहडतालबीच केपी ओली नेतृत्वको पुतलीसडकमा मार्चपास


काठमाडौं ।

नेकपाले बिहीबार साँझ प्रदर्शनी मार्गस्थित बाल्मिकी क्याम्पसबाट मार्चपास गरेको छ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आह्वान गरेको आमहडताल भइरहेको बेला ओली पक्षका युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐन महरलगायतको नेतृत्वमा प्रदर्शनीमार्गबाट ओली पक्षको जुलुस अघि बढेको छ ।

बन्द आह्वानकर्ता र ओली पक्षबीच झडप हुन नदिन सुरक्षाकर्मी तैनाथ भएका छन् ।

नेपाल बन्द होइन बन्दैछ, केपी ओली आइ लभ यू, अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाउँदै ओली समूह मार्चपासमा उत्रिएको हो ।

भोली शुक्रबारको दन काठमाडौं शक्ति प्रदर्शन गर्ने तयारीमा रहेको ओली पक्षले आज प्रचण्ड–नेपाल पक्षको आमहडतालबीच नै सो मार्चपास गरेको हो।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्