Techie IT
१० कात्तिक २०७८, बुधबार

बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडपमा वडाध्यक्ष घाइते


जनकपुरधाम ।
महोत्तरीको बर्दिबासमा समेत प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहड्तालको क्रममा महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

झडपमा परी बर्दिवास नगरपालिका वडा ३ का वडाध्यक्ष राजन ढुंगाना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग खुलाउनका लागि प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। यता सडकखण्ड खुलाउने क्रममा सामान्य झडपमात्रै भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर–३ का वडाध्यक्ष राजन ढुंगाना लगायत घाइते भएका छन् ।
उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ। वडा नम्बर–३ का अध्यक्ष ढुंगानाको टाउकोमा गम्भीर चोट लागेको छ।

यस्तै जनकपुरधाममा भएको झडपमा नेकपा नेता रामचन्द्र झा, मातृका यादव लगायतका नेता कार्यकर्ता घाइते भएका छन्।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्