Techie IT
३१ असोज २०७८, आईतबार

कार्यकर्ताले नाराबाजि गर्ने क्रममा ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले नारा रोके


काठमाडौँ ।
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीविरूद्ध नारा लगाउन रोकेका छन्।

प्रचण्ड९नेपालले गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी भएको थियो त्यहि बेला एक कार्यकर्ताको मुखबाट एमसिसी चाहिँदैन भन्ने निस्केको थियो । कार्यकर्ताले नाराबाजि गर्ने क्रममा अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए । कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने लगातै उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई यो नारा रोक्न समेत भनेका थिए। लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो।संविधान मिचेर प्रतिगमन ल्याएकाले त्यसको विरूद्धमा मात्रै नाराबाजी लगाउन प्रचण्डले भनेका थिए।

नेकपाभित्रको विवादकै कारण एमसिसी परियोजना अघि बढ्न सकेको छैन र एमसिसीलाई परिमार्जन गरेरमात्रै पारित गर्नुपर्ने पक्षमा प्रचण्ड रहेकाछन्।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्