Techie IT
१० कात्तिक २०७८, बुधबार

नेपालको संवैधानिक इजलासमा विदेश संविधानको चर्चा नगर्नु:न्यायाधीश अनिलकुमार सिन्हा


काठमाडौँ ।
संसद् (प्रतिनिधि सभा) विघटनको पक्षमा चार दिनदेखि संवैधानिक इजलासमा सरकारी पक्षका वकिलले बहस गरिरहेका छन्।
अहिले बहस गरिरहेका सरकारी अधिवक्ता पदम पाण्डे भने बुधबारदेखि नै विभिन्न देशका संविधानको चर्चा गरिरहेका छन्।
न्यायाधीशले पटक–पटक नेपालको संविधानमा केन्द्रित हुन ध्यानाकर्षण गराउँछन्। तर पाण्डे भने पछि आउँछु भन्दै फेरि विदेशकै संविधानका व्यवस्था भट्याइरहेका छन्। बुधबार ओलीले विघटन सिफारिस गर्दा उल्लेख नै नगरेको धारा ७४ को चर्चा गरेका पाण्डे त्यसबाहेक विदेशकै संविधानको चर्चामा दिन बिताइरहेका छन्। न्यायाधीशहरुले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि उनी नेपालको संविधान र व्यवस्थाका कुरा गर्दैनन्। पछि आउँछु भन्दै टार्छन् र भारत, बेलायत, इजरायललगायत आधा दर्जन देशका उदाहरण दिन दिइसकेका ।

‘अब नेपालतिर लागौ न’ बिहीबार ४५ मिनेट जति पाण्डेयले बहस गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले भने ।
पाण्डेयले भने, ‘अब आउछु श्रीमान’

सिन्हाले फेरि भने, अब नेपालतिरै आउनुस् न ।’

इजलासबाट नेपालतिरै आउन आग्रह भएपछि पाण्डेय ०४७ को संविधानले गरेको व्यवस्थामा ब्याख्यामा लागेका छन् ।

पुस ५ गते ओलीले संसद विघटन गरेपछि सर्वोच्चमा १३ वटा रिट परेका छन्। रिट निवेदक पक्षको बहस सकिएपछि विपक्षी अर्थात् विघटन पक्षको बहस चलिरहेको हो।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्