Techie IT
१० कात्तिक २०७८, बुधबार

कार्यकर्तालाई जनताको ट्याक्सी जलाउन लगाएर नेता बन्द अवलोकन गर्न क्रुजर गाडीमा


काठमाडौं ।

नेपालको राजनीतिक संस्कार पनि अचम्मको छ । बन्दको नाममा गरिखाने मजदुर वर्गका सवारी साधनमा आगो लागि गर्न लगाएर आफू भने त्यही बन्दको निरिक्षण गर्न कार र स्कूटरको यात्रा गर्ने हाम्रा देशका राजनेताहरु व्यावहारबाट पछिल्लो पुस्ताका नेपालीले कस्तो राजनीतिक संस्कार अबलम्बन गर्ने होला । त्यस्तै दृष्टान्त बिहीबारको नेकपा प्रचण्ड-नेपालको नेपाल बन्दको अवसरमा देखियो ।

बिहीबारको नेपाल बन्दको बेला गंगबु नयाँ बस पार्क क्षेत्रमा एउटा बन्दको अबज्ञा गरेको भन्दै बन्दकारीले गरिखाने मजदुरको ट्याक्सी जलाए भने बन्दको निरिक्षणका लागि अघिपछि सुरक्षाकर्मी र गाडीसहित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिन्थे भने अर्का अध्यक्ष माधवकुमार नेपाल पनि स्कूटर चढेर बन्दको निरिक्षण गर्न हिडेका थिए ।

त्यही बन्दमा सहभागी भएको अभियोगमा नेकपा प्रचण्ड-नेपालकी नेतृ भने कलंकीबाट पक्राउ परेकी थिइन् । यस्तै अहिले सम्म देशभरीबाट बन्द गराउदै हिड्ने १४९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनएको छ । देशभरी बन्दको प्रभाव सामान्य परेको प्रहरीले जनाएको छ । बन्दको विरोधमा पोखरा,धनगढी लगायतका शहरहरुमा विरोध प्रदर्शन भइरहेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्