Techie IT
३० असोज २०७८, शनिबार

ओलीको अधिनायकवादको विरुद्धमा जनतालाई जानकारी दिनआह्वान गरेका हौँ,


काठमाडौँ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादविरुद्ध जनतालाई जानकारी दिन र विरोध जनाउन आग्रह गर्दै आमहड्ताल गरिएको बताएका छन्।

आमहड्तालको निरीक्षण गर्न भनेर स्कुटी चडेर सडकमा निस्केका अध्यक्ष नेपालले पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री संविधान कुल्चिएर अगाडि बढेपछि हामि बाध्य भएर हड्तालमा उत्रिनुपरेको बताएका छन् । साथै उनले आमहड्तालले जनतालाई निकै कष्ट भएकोमा क्षमा समेत मागे ।
‘केपी शर्मा ओलीको अधिनायकवादको विरुद्धमा जनतालाई विरोध जनाउनुस् भनेर हामीले आमहड्ताल आह्वान गरेका हौँ’,र ‘यसबाट जनतालाई कष्ट भएको छ, हामी क्षमा माग्न चाहान्छौं।’

अध्यक्ष नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराएर ओलीमा एकपछि अर्को गर्दै अधिनायकवादी चरित्र प्रस्तुत गरेको आरोप लगाए।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्