Techie IT
१० कात्तिक २०७८, बुधबार

ओली समूहका कार्यकर्ताले पोखरामा मोटरसाइकल र्‍याली निकालेर बन्दको विरोध गरे


पोखरा ।
नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आमहड्तालको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन्।पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका छन्।

प्रदर्शनकै क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड(नेपाल पक्षका कार्यकर्ताबीच एकआपसमा भनाभन समेत भएको थियो ।पृथ्वीनारायण क्याम्पसबाट निस्केको मोटरसाइकल र्‍याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पृथ्वीनारायण क्याम्पसमै पुगेर समापन भएको थियो । ओली समूहको विरोध जुलुस गएपछि प्रचण्ड(नेपाल पक्षले ओलीविरूद्ध नाराबाजी गरेका थिए भने ओली पक्षले नेपाल खुला छ, केपी ओली जिन्दावाद लगायतका नारा लगाएर आमहड्तालको बिरोध गरेको थिए । प्रहरीले उनीहरू दुबै समूहबीच झडप नहा्स भनि दुबै पक्षको बीचमा बसेर सुरक्षा दिएको थियो। प्रचण्ड(नेपाल पक्षले आमहड्ताल गरेर सर्वसाधारणलाई दुस्ख दिएकाले विरोध गर्नुपरेको ओली पक्षीय अनेरास्ववियुका केन्द्रीय सदस्य केशव सापकोटाले बताए। प्रचण्ड(नेपाल पक्षका कार्यकर्ता पोखराका चोक(चोकमा बसेर सवारी साधन आवागमनमा अवरोध गरिरहेका छन्।

सवारी साधन चल्न अवरोध गरेको भन्दै प्रहरीले प्रचण्ड(नेपाल पक्षका कार्यकर्ता विनायक तिमिल्सिनालाई पक्राउ गरेको छ। पोखरामा अहिलेसम्म तोडफोड र झडप भएको छैन ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्