Techie IT
शुक्रबार, माघ २,२०७७

वृहत् पूर्ण इजलासमा मुद्दा नलैजान सरकारको सर्बोच्चलाई निवेदन


काठमाडौं ।

संसद विघटन विरुद्ध परेका विभिन्न मुद्दाहरु सरकारले वृहत इजलासमा नलैजान सर्बोच्चलाई निवेदन गरेको छ ।बुधबार भएको संवैधानिक इजलासको सुरूमै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले सरकारले यो मुद्दालाई वृहत् पूर्ण इजलासमा लैजाने नहुने निवेदन दिएको बताएका छन् । र यस वारेमा रिट निवेदकहरुको धारणा पनि मागेको बताइएको छ ।

रिट निवेदकका तर्फबाट अहिले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यी मुद्दाहरू किन वृहत् पूर्ण इजलासमा लैजानुपर्छ भनेर बहस गरिरहेकोस्रोतले जनाएको छ। तर सरकारले भने यो राजनिितक मुद्दा भएकोले सर्बोच्चले यो मुद्दा खारेज गर्नु पर्ने माग गर्दै आएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्