Techie IT
शुक्रबार, माघ २,२०७७

नेकपा वैधानिकता प्राप्तिको प्रमाण आयोगमा पेश गर्दै दुवै समूह


काठमाडौँ ।

संसद विघटन पश्चात दुई समूहमा बिभाजित भएका नेकपाका दुवै समूहले बुधबार निर्वाचन आयोगमा आफू आधिकारिक भएको दावी गर्दै स्पष्ट कागजातसहित जवाफ पेश गर्दैछन् ।यस भन्दा अगाडी पुष २३ गते दुवै पक्षलाई आफू आधिकारिक नेकपा भएको स्पष्ट आधारसहित थप विवरण लिएर एक सातामा आयोगमा लिखित जवाफ माग बमोजिम बुधबार दुवै समूहका नेताहरु आयोग जाने तयारीमा लागेका हुन् ।

सोही बमोजिम बुधबार नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका प्रतिनिधिहरु आयोग जाने तयारी गरेका छन्। ओली पक्षका तर्फबाट महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ र दाहाल–नेपाल पक्षका तर्फबाट नेता लिलामण िपोखरेलेको नेतृत्वको टोली आयोग जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।

ओली पक्षले थप विवरणसहित आयोग जाने तयारीमा रहेको वुझिएको छ भने प्रचण्डनेपालसमूहले भने आफूहरु वैधानिक भएको आधारका प्रमाणहरु पहिले नै वुझाएको र त्यसवारेमा अव थप प्रमाण वुझाउन नपर्ने जानकारी पत्र लिएर जान लागेको जनाइएको छ । आयोगलाई बुधबार दुवै पक्षले विवरण पत्र वुझाएपछि आयोगका पदाधिकारीहरुसँग छलफल पनि आयोग स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्