Techie IT
शुक्रबार, माघ २,२०७७

संसद विघटन विरुद्ध रिटको सुनुवाइ संवैधानिक इजलासमा सुरु


काठमाडौँ ।

संसद विघटन विरुद्ध सर्बोच्च अदालतमा परेका विभिन्न रिटहरुको सुनुवाइ सर्बोच्चको इजलासमा सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन विरुद्ध परेका रिटमाथिको सुनुवाइ गरेको हो ।

केही समय अघि मात्रै प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले इजलासमा न्यायधीश हरिकृष्ण कार्कीको स्थानमा न्यायधीश सपना प्रधान मल्ललाई ल्याएका थिए ।

अहिले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासमा संसद विघटन विरुद्ध परेका विभिन्न रिटमाथिको वहस सुरु भएको सर्बोच्च अदालत स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्