Techie IT
शुक्रबार, माघ २,२०७७

संवैधानिक इजलासमा कार्कीको ठाउँमा सपना प्रधान मल्ल


काठमाडौं ।

संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गठन गरेको संवैधानिक इजलासमा न्यायधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई ल्याएका छन् ।

यस भन्दा अघि प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेकामा अधिवक्ताहरुले न्यायधीश कार्कीको विरोध गरेपछि यस पटक कार्कीको स्थानमा न्यायधीश मल्ललाई ल्याएका हुन् ।

तर न्यायधीश मल्ल पनि तत्कालिन संविधान सभामा एमाले कोटाबाट समानुपातिक सभासद बनेकी थिइन् । संवैधानिक इजलासमा मल्लको प्रवेशले पनि खासै न्याय दिलाउनेमा निवेदकहरु विश्वस्त नदेखिएको एक रिट निवेदकले बताएका छन् । गत पुष ५ गते प्रधानमन्त्रीले संसद विघटन गरेपछि त्यसको विरोध गर्दै संसद विघटनको खारेजीको माग गर्दै सर्बोच्चमा १३ रिट परेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्