Techie IT
मंगलबार, माघ ६,२०७७

संसद विघटनविरुद्धका रिटको सुनुवाइ बुधबार हुँदै


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध सर्बोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ बुधबार हुँदैछ । तर सुनुवाइ सर्बोच्चको इजलासमा गर्ने की बृहत पूर्ण इजलासमा गर्ने भन्ने अहिले निश्चित भएको छैन ।

संसद विघटन विरुद्ध १३ जनाको रिट परेकोमा ११ जना निवेदकले बृहत् इजलासमा सुनुवाइ हुनु पर्ने माग गर्दै गत पुष २२ गते पूरक निवेदन दिएकोमा कहाँ सुनुवाइ गर्ने भन्ने टुङ्गो पनि आजै लाग्ने स्रोतले जनाएको छ । रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेको थिए ।

ती मध्ये न्यायधीश हरिकृष्ण कार्की पधानमन्त्री ओली नेतृत्वको अघिल्लो सरकारको पालामा महान्यायधीवक्ता नियुक्त भएकोले विवाद निरुपणमा असर पर्ने भन्दै अधिवक्ताहरुले विरोध गरेपछि न्यायधीश कार्कीले आफू इजलासमा नबस्ने बताएपछि प्रधानन्यायधीशले आजै उनको सट्टामा अर्का न्यायधीश राख्ने छन्


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार