Techie IT
२९ साउन २०७९, आईतबार

नेपालको जमिन र आकाश कसैलाई प्रयोग गर्न नदिने प्रधानमन्त्री ओलीको स्पष्टोक्ति


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आकास कुनै पनि देशलाई प्रयोग गर्न नदिने बताएका छन् ।सोमबार साँझ भारतिय टेलिभिजनको अन्तर्वार्ता दिंदै प्रधानमन्त्री ओलीले नेपालको सिमानामा रहेका दुवै देश नेपालका अनन्य हितैषी छिमेकी मित्र रहेकाले कुनै पनि देशलाई एकले अर्कोलाई दवाउनका लाागि नेपालको आकाश प्रयोग गर्न नदिने अडान राखेका छन् ।

एक प्रश्नको उक्तरमा प्रम ओलीले भारतसँगको सम्बन्धमा कुनै खास ठूलो समस्या नरहेको र भएका केही उल्झनहरु वर्ष २०२१ मा पूर्ण रुपमा सुल्झिने बताए। यस्तै नेपालको चिनसँगको सम्बन्धमा पनि खासै समस्या नभएको दाबी गरे ।

नेपाल भारत सिमाको विषयमा भारतिय पत्रकारले सोधेको जवाफमा प्रधानमन्त्री ओलीले चीनसँग कुनै समस्या नभएको र भारतसँग पनि त्यस्तो समस्या नभएकोबताए । लिपुलेक–कालापानी नेपालको रहेको र त्यो ऐतिहासिक दस्तावेजले स्पष्ट पार्ने बताउँदै सन २०२१ मा नेपाल भारत सिमा समस्या सुल्झिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्