Techie IT
१९ मंसीर २०७८, आईतबार

निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहले के भन्यो ?


काठमाडौं ।

सोमबार नेकपा प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनपछि अलग अलग समूहमा विभाजित नेकपाका दुई समूहले आफूले नेकपाको नाम र सूर्य चुनाव चिन्ह पाउनु पर्ने माग दावीका साथ निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

त्यसको जवाफमा नेकपा ओली समूहलाई जानकारी मात्रै दिएको थियो भने प्रचण्ड-नेपाल समूहलाई विवरण सहित आयोगमा लिखित जवाफ मागेकोप्रति आपत्ति जनाउन सोमबार प्रचण्डनेपाल समूहका नेताहरु निर्वाचन आयोग गएका हुन् । निर्वाचन आयोगमा नेताहरुको समूहले आयोगले निर्वाचनको तयारी थालेकोप्रति आपत्ति जनउदै त्यसलाई रोक्न भनेको छ ।

संसद विघटनका विरुद्धमा एक दर्जन रिट परेकोले निर्वाचनको प्रकृया रोक्न भनेको एक नेताले बताए । साथै आफूसँग वहुमत केन्द्रीय सदस्य संख्या रहेकोले आफूहरु नै वैधानिक भएको दावी गर्दै बरु ओली समूहलाई आफ्नो दाबी पेश गर्न भन्नु पर्ने बताएको जनाइएको छ । आयोगमा नेकपा प्रचण्ड–नेपालका अध्यक्ष पुपष्पकमल दाहाल प्रचण्ड,माधव नेपाल लगायतका नेताहरुको सहभागिता रहेको पार्टी स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्