Techie IT
५ असार २०७८, शनिबार

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।आइतबार १ बजेको लागि डाकिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको बालुवाटारस्रोतले जनाएको छ ।

यस भन्दा अगाडी बसेको स्थायी कमिटीको बैठकमा भने प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन् । उनले दुई पेज लामो पत्रमार्फत बैठकमा उपस्थित नहुने जानकारी दिएका थिए ।

आइतबारको स्थायी कमिटि बैठक पार्टीका केन्द्रिय सदस्य स्व.कमानसिंह लामाको शोक प्रस्ताव पेश पछि बैठक स्थगित हुने संभावना रहेको स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्