Techie IT
८ असार २०७८, मंगलबार

नेकपा स्थायी कमिटि बैठक शोक प्रस्तावपछि स्थगित हुने

धुम्बाराहीमा हुने भन्एिको बैठक सुरक्षाको कारण देखाउदै बालुवाटार सारियो


काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकमा पूर्व सांसद कमानसिंह लामाको मृत्युको शोक प्रस्ताव पेश गरेपछि स्थगित हुने भएको छ ।

गत मंसिर २१ गते धुम्बाराहीमा भएको बैठकले मंसिर २८ गतेलाई पार्टी मुख्यालयमा अर्को बैठक डाकेको थियो तर सुरक्षाको कारण देखाउदै आाज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको स्थायी कबमिटिे बैठक डाकिएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा बैठक बालुवाटारमा सारिएको पार्टीका एक स्थायी कमिटि सदस्यले बताएका छन् ।

मंसिर २१ गते भएको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री आफू उपस्थित नभएर दुई पृष्ठ लामो पत्र पठाएका थिए । प्रधानमन्त्री ओली आइतबारको बैठकमा भने उस्थित हुने जनाइएको छ । बैठक दिनको १ बजे बस्दैछ । आजको बैठकमा दुई नेताका प्रस्तावमाथि छलफल हुने सम्भावना कम छ ।

पार्टीका नेता कमानसिंह लामाको गत मंसिर २४ गते राती मृत्यु भएका कारण उनको मृत्युको शोक प्रस्ताव पेशपछि आइतबारको बैठक स्थगित हुने जानकारी पार्टीका एक नेताले दिएका छन् । त्यसपछि फेरि अर्को बैठकको मिति तोकिने जानकारी पनि पार्टीस्रोतले दिएको छ ।

पछिल्लो समयमा पार्टीका दुई नेताबिचको विवादले केन्द्रदेखि स्थानिय तहसम्म यसको असर पुगेको छ र गुटगत राजनितीले पार्टिभित्र स्थान पाएको छ

आइतबारको स्थाइ कमिटिको बैठकले समस्याको समाधान खोज्ने भने पनि अब फेरि यसको समाधानको समयको लागि पर्टीका आम शुभ चिन्तकले अर्को बैठकको मुख ताकेर बस्नु पर्ने अवस्था सृजना भएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्