Techie IT
८ असार २०७८, मंगलबार

राजा र हिन्दु धर्मको माग गर्दै ललितपुरमा राप्रपाको बृहत -याली


काठमान्डौं ।

विगत केही समय यता रातन्त्र र हिन्दु अधिराज्यका पक्षमा जुलुस,-याली निकाल्ने क्रम बढिरहेको छ । यसै क्रममा शनिबार राजा आउ देश बचाउ भन्दै ललितपुरमा राजसंस्था र हिन्दु धर्म पक्षधर राप्रपाले बृहत मोटरसाइकल -याली निकालेका छ ।

विहान ११ बजेबाट शुरु भएको उक्त उक्त मोटरसाइकल -यालीको नेतृत्व राप्रपाका केन्द्रीय सदस्य निरञ्जन थापाले नेतृत्व गरेको पार्टीस्रोतले जनाएको छ ।र्‍यालीमा सहभागीले राजा आउ देश बचाउ , गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए। यालीमा युवाहरुको बाक्लो उपस्थिति रहेको देखिन्थ्यो ।

राष्ट्रिय झण्डासहितको मोटर साइकल र्‍याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केर कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो।जुलुशमा सहभागीले जावलाखेलस्थित स्व. राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए। -यालीमा नाराका साथै बाजागाजा र झाँझीसमेत सहचभागी रहेको जनाइएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्