Techie IT
८ असार २०७८, मंगलबार

संसदीय राज्य व्यवस्था समितिको निर्देशनलाई बेवास्ता गर्दै सरकारले ग-यो विश्वराज पोखरेललाई एआईजीमा बढुवा


काठमाडौं ।

सरकारले संसदको राज्य व्यावस्था तथा सुशासन समितिको निर्देशनलाई बेवास्ता गर्दै प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ ।उनलाई भावी एकल प्रहरी महानिरिक्षकको दाबेदारको रुपमा प्रश्तुत गराउनको लागि अतिरिक्त महानिरिक्षकमा बढुवा गरेको जनाइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा परेर सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिइ एउटा एआईजीको दरबन्दी थपेको थियो ।

बुधबार भएको सरकारको राज्य व्यावस्था समितिको बैठकमा गृहमन्त्री थापाले ५ वटा डीआईजीको दरबन्दी मात्र थपेको बताएका थिए सरकारले थप गरेको एक जना एर्आजीको पद उनले पत्तो नै पाएका थिएनन् । एक एआईजीको पद थपेकोमा संसदको राज्य व्यावस्था समिति र सत्तारुढ पार्टीका सांसदहरुले समेत बिरोध गर्दै आइरहेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्