Techie IT
३० जेठ २०७८, आईतबार

सरकारको विरोध गर्दै रत्नपार्कमा -याली र कोणसभा सम्पन्न


काठमाडौं ।

वर्तमान सरकारको पछिल्ला गतिविधीहरुको विरोध गर्दै बिहिबार काठमाडौंको शान्तिवाटिकास्थित रत्नपार्कमा गणतन्त्र पक्षधर साना पार्टीहरुले विरोध याली र कोणसभा सम्पन्न गरेका छन् ।

बिहिबार दिउसो २.२० बजेबाट शुरु भएको उक्त विरोध -यालीमा नेपाल कम्युेनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र जनबर्गिय संगठन तथा मोर्चाहरूको आयोजकमा वर्तमान राज्य सत्ता,व्यवस्था र सरकारको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना गर्न राष्ट्रघात,जनघात,महंगी,भ्रष्टचार,बलात्कार र सामाजिक न्यायप्रतिको सरकारी उदासिनता विरुद्ध विरोध सभा आयोजना गरिएको जानकारी आयोजकले दिएको छ ।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका पवन मान श्रेष्ठ (केन्द्रीय सचिव)को सभा अध्यक्षता र जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपि गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त विरोध कार्यक्रममा अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी )का अध्यक्ष हरिकृष्ण गजुरेल ,अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी )उपाध्यक्ष सिलु न्यौपाने ,देशभक्त जनगणतान्त्रिक मोर्चा बाग्मति प्रदेश ईन्चार्जस् दिनेश श्रेष्ठ,अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासघका अध्यक्ष ईश्ववरी तिमल्सिना ,पोलिब्यूरो सदस्य तथा ३ प्रदेश ईन्चार्ज क. सागर,अखिल नेपाल आदिवासी संघका अध्यक्ष डा. ओम गुरुङ , दलित जन मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष एक ब विक, अखिल नेपाल तामाङ मुक्ति मोर्चा अध्यक्ष प्रेम तामाङ,
नेवा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष श्रीकृष्ण चूयू,प्राध्यापक सघका अध्यक्ष जगदिस चन्द्र भण्डारी लगायतका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दुई सय भन्दा धेरकोै सहभागीता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा भारतिय सेना काला पानी छोड,पुलिस दमन मुर्दाबाद,राज्य आतंक बन्द गर ,नलायक सरकार सत्ता छोड जस्ता नाराहरु लगाएर शान्तिवाटिका ,बागबजार , भद्रकाली , सहिदगेट,सुन्धारा , वीर अस्पताल हुँदै फेरि शान्तिवाटिकामा आएर कोणसभामा परिणत भएको जनाइएको छ ।

No description available.


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्