Techie IT
बुधबार, मंसीर १७,२०७७

आइतबारदेखि काठमाडौं महानगरले फेरि निशुल्क पिसिआर गर्ने


काठमाडौं ।

सरकारले कोरोना परिक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेसँगै काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणको शुरुवात गर्ने भएको छ।

उक्त कुराको जानकारी महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार दिएका हुन् । अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण गर्नेक्रममा मेयर शाक्यले उक्त कुराको खुलासा गरेका हुन् ।

उनले कार्यक्रममा पत्रकारहरूसँग बोल्दै आइतबारदेखि स्वाब संकलन गर्ने कार्यलाई पुनस् सूचारू गर्र्ने बताए।यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी समेत रहेको उनले बताए।

महानगरले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन्।यस्तै गरेर उनले उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम उठाउनु पर्ने अवस्था आएको पनि बताए।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्