Techie IT
२ जेठ २०७८, आईतबार

कमल थापाको घरमा राप्रपाको बैठक सम्पन्न

पार्टी संगठनलाई दरिलो बनाउँदै सरकारविरुद्ध संघर्षमा जाने अध्यक्ष त्रयको निर्णय


काठमाडौै ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तिन जना अध्यक्षको आज बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीको सांगठनिक अवस्थाको समीक्षा गर्दै गर्दै पार्टीलाई दरिलो बनाउदै लैजाने र कोरोना विरुद्धको लडाइमा सरकारको असफलताका वारेमा जनचेतना फैलाउदै जनसंघर्ष गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको बुढानिलकण्ठ पासीकोटमा भएको बैठकमा अध्यक्ष पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीले छलफल गरी उक्त निर्णय गरेको पार्टी जनसम्पर्क विभागले जानकारी दिएको छ ।

साथै माथिल्लो तहमा पार्टीको समायोजन भएता पनि तल्लो निकायमा समायोजन हुन सकेको छैन । त्यसैले ‘स्थानीय तहमा पार्टी समायोजनलाई तीव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने र संघर्षको कार्यतालिका अब चाँडै सार्बजनिक गर्ने जानकारी पनि पार्टीले दिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्