Techie IT
शुक्रबार, माघ ९,२०७७

काँग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना


काठमाडौै ।

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुगेका थिए ।

सोही अवसरमा नेपाल प्रेस युनियन कास्कीले सुप्रेम शारदा पत्रकारिता पुरस्कारका संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको थियो । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले केसीका परिवारजनमा समवेदनापत्र हस्तान्तरण गरेको राससले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्