Techie IT
५ जेठ २०७८, बुधबार

पूर्वमाओवादी पक्ष अनुपस्थित भएपछि बस्न सकेन कार्यदलको बैठक


काठमाडौं ।

नेकपाभित्र चुलिदै गएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक पूर्व माओवादीका सदस्यहरु अनुपस्थित भएपछि आज बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन ।

सहमतिको प्रयासस्वरुप यसअघि गठन गरिएको कार्यदलका सबै सदस्यलाई बालुवाटार बोलाइएको थियो । १५ बुँदे सुझाव अध्यक्षद्वयलाई बुझाएपछि कार्यदल निस्कृय बनेको थियो ।

बैठकमा कार्यदलका संयोजक एवं नेकपा महासचिव विष्णु पौडेल र माधव नेपाल पक्षका दुई सदस्य भीम रावल र सुरेन्द्र पाण्डे उपस्थित भएपनि माओेवादी पक्षका नेताहरु अनुपस्थित भएपछि नेताहरू छलफल गर्ने बाटो नै नपाएर अलपत्र अवस्थामा फर्किएका छन्।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुले गएको साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल थिए ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र पम्फा भुसाल थिए ।

आज बस्ने भनिएको विवाद समाधान कार्यदलको बैठकमा पूर्व माओवादीबाट छनौट भएका सदस्यहरु बैठकमा नआएकोले आजको बैठक बस्न नसकेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्