Techie IT
२ जेठ २०७८, आईतबार

प्रधानमन्त्री ओलीको माधव नेपालसहित पूर्वएमालेका ४ नेतासँग गोप्य छलफल


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित पूर्वएमालेका नेताहरुसँग बालुवाटारमा अलग्गै भेटघाट गरेका छन् ।

आइतबार दिउँसो भएको भेटमा नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग प्रधानमन्त्री ओलीले पार्टीको पछिल्लो समयमा सृजित विवाद र यसको समाधानका वारेमा छलफल गरेको वालुवाटारस्रोतले जनाएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र दिएको भोली पल्ट प्रधानमन्त्री ओलीले पूर्व एमालेका माधव नेपाल खेमासँग भएको यो छलफलले कस्तो गती लिने हो रु त्यो भने भविष्यले देखाउला ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्