Techie IT
मंगलबार, माघ ६,२०७७

कांग्रेसको महाधिवेशन अनिश्चित: नेता कार्यकर्ता अन्योलमा


काठमाडौं ।

आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेसन तोकिएको मितिमा नहुने भएको छ ।

पार्टीभित्रको विवाद चुलिदै गएको र यसको समाधानका लागि गठन गरिएको पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक छलफलका क्रममा शीर्ष नेताहरूबीच फागुनको महाधिवेशन सार्ने सहमति जुटेको हो ।

फगुन १४ को लागि तय भएको पार्टीको महाधिवेसन अब भने कहिले हुने भनेर केही निश्चित निर्णय हुन सकेको छैन ।
आगामी फागुन ७ देखि १० सम्म गर्ने गरी केन्द्रीय महाधिवेशनको कार्यतालिका बनाएको थियो ।

तर, त्यसअघि पूरा गर्नुपर्ने पूर्वतयारीमा ढिला सुस्ती देखिएपछि तोकिएको समयमा महाधिवेशन हुन नसक्ने निष्कर्षमा नेताहरु पुगेका हुन् ।

नेकपामा जस्तै नेपाली कांग्रेसमा पनि विवाद रहेकोले र नेताहरुबिच सहमती जुट्न नसक्दा महाधिवेसन पर धकेलिने अवस्था आएको एक केन्द्रिय नेताको भनाइ छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार