Techie IT
१३ असोज २०७९, बिहीबार

सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा राष्ट्रपतिको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कदमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

संघीय संसदबाट दोस्रो पटक प्रमाणिकरणका लगि पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो, तर मंगलबार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण भएन ।

राष्टपतिले विधेयक प्रमाणिकरण नगरेपछि सत्तारुढ दलहरुले नयाँ बाटो अपनाउने कोशिस गरेका छन् ।

 


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्