Techie IT
बिहीबार, कात्तिक १३,२०७७

डा. केसीको माग पूरा नगरे परिणाम गम्भिर हुने कांग्रेसको सरकारलाई चेतावनी


, काठमाडौ।

स्वास्थ्य शिक्षामा सबै क्षेत्र र वर्गको समान पहुँच हुनु पर्ने र कोरोना महामारीको अवस्थामा सबैलाई निशुल्क पिसिआर लगायतका मागहरु लिएर आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएकोले सरकारले उनले राखेका माग सम्बोधन गरी डा. केसीको जिवन रक्षा गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

असोज १८ गते नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले एक विज्ञप्ती प्रकाशीत गरी सरकारसँग उक्त माग गरेका हुन् ।

विगत लामो समयदेखि डा. गोविन्द केसी आफ्नो निजी स्वार्थका लागि नभएर देश र गरिव जनताका पक्षमा आवाज बुलन्द गर्दै आएका र अहिले पनि स्स्वास्थ्य शिक्षा सवै वर्ग र क्षेत्रका जनता सम्म पुग्नु पर्छ भन्ने माग लिएर आमरण अनसनमा रहेका डा. केसीको मागप्रति सरकार उदासिन देखिएकोले यसतर्फ ध्यान केन्द्रित गरी डा.केसीको जीवन रक्षा गर्न माग गर्दै यदी यतातिर सरकारले ध्यान नदिए यसको परिणाम नराम्रो हुनेसमेत सरकारलाई चेतावनी दिएका छन् ।

Image may contain: text


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्