Techie IT
आईतबार, मंसीर २१,२०७७

नेकपा सचिवालय बैठक स्थगित


काठमाडौं ।

राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा छलफल गर्न आज असोज १७ गतेलाई डाकिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

अव पुन बैठक असोज १८ गते आइतबार बस्ने  प्रधानमन्त्री कार्यालयस्रोतले सुलसुलेलाई जानकारी दिएको छ ।

सचिवालय बैठकका सम्बन्धमा थप गृहकार्य गर्नु पर्ने भएकोले आजको बैठक स्थगित गरिएको प्रधानमन्त्रीकार्यालयले जानकारी दिएको छ ।

प्रधामन्त्री ओलीले एकलौटीरुपमा राजनितीक नियुक्ति गरेपछि पार्टीभित्र केही मत्थर भएको विवादफेरि चुलिदै गएको छ र यसै विषयमा र अन्य विषयमा छलफल गर्नका लागि पार्टीको सचिवालय बैठक डाकिएको थियो ।

यस अगाडि असोज ४ गते बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको सैद्धान्तिक विषयमा सहमति भएको थियो । त्यसैगरी नेकपामा सांगठनिक एकताको विषयमा पनि छलफल भइरहेको छ । तर फेरि एकाएक प्रधानमन्त्रीले पार्टीको सहमतिविना राजदूत नियुक्ति गरेपछि पार्टीमा गतिरोध उत्पन्न भएको हो ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार