Techie IT
आईतबार, मंसीर २१,२०७७

राजदूत नियुक्तिमा पार्टीभित्र असन्तुष्टि

आगामी मन्त्रीपरिषद पुनर्गठनमा प्रधानमन्त्रीलाई अर्को चुनौती थपियो


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुखुसी राजनीतिक नियुक्ती गरेको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ।प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गर्दा पार्टीलाई जानकारी नगराइएको एक सचिवालय सदस्यले सुलसुलेलाई बताए ।

ुस्थायी समिति बैठकको निर्णयअनुसार राजनीतिक नियुक्तीरसिफारिस गर्दा सचिवालयमा छलफल हुनुपर्ने हो।सचिवालयमा यसबारे जानकारी थिएन। दुई अध्यक्षका बीचमा पनि कुराकानी नभएको उनले गुनासो गरे ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले राजनीतिक नियुक्ति गर्दा सचिवालयमा भएको छलफल र दुई अध्यक्षको परामर्शमा गर्ने भनिएको भए पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले एकलौटीरुपमा राजनितीक नियुक्ती गरेको भन्दै पार्टीमा असन्तुष्टिका आवाजहरु सुनिन थालेका छन् ।

स्थायी समिति बैठक निर्णयको बुँदा ७ को उपबुँदा ७ मा सरकार पार्टीको नीतिगत मर्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यन्वयन गर्ने भनिएको छ।

ुसचिवालयमा गरिने हरेक किसिमका छलफल, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा संघीय मन्त्रिपरिषद र मन्त्रिपरिषदको पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने, स्थायी कमिटीको निर्णयमा भनिएको छ, मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका लागि योग्यता, क्षमता, निष्ठा, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने भन्ने दुई पार्टीबिच भएका आपसी सहमति हुन् ।

तर यो पार्टीको निर्णयलाई वेवास्ता प्रधानमन्त्री ओलीले राजदूत नियुक्त गरेको भन्ने पार्टीका एक स्थायी कमिटी सदस्यको आरोप छ ।राजदूत नियुक्तीमा देखिएको यो विरोधकाबिचमा प्रधानमन्त्री ओलीले आगामी मन्त्रीपरिषद पुनर्गठन प्रकृया कसरी अगाडी वढाउलान् त्यो भने उनका लागि अर्को चुनौती थपिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार