Techie IT
१७ असार २०७९, शुक्रबार

रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’


काठमाडौँ । पूर्व संचारकर्मी रवि लामिछानेले पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा हलमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले’राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् । उनले त्यसक्रममा आफ्नो पार्टीको चुनाव चिह्न घण्टी बजाएर राजनीतिक यात्रा सुरु भएको घोषणा गरेका थिए।

कार्यक्रममा बोल्दै  उनले युवाहरुलाई समेटेर नयाँ पार्टी बनाउन लागेको बताएका थिए । उनले सवै क्षमतावान स्वतन्त्रहरुलाई आफ्नो दलसँग जोडिएर उम्मेदवारी दिन आग्रह गरेका थिए । स्वतन्त्र भएर पार्टीमा रहन चाहनेका लागि आफूले विकल्प दिएको बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्