असोज ६ गतेको नेकपा सचिवालय बैठकमा के निर्णय भयो त ?

काठमाडौं ।
नेकपाको सचिवालय बैठक असोज ६ गते प्रधानमन्त्रीनिवास वालुवाटारमा सम्पन्न भएको छ । १२.३० बाट शुरु भएको उक्त बैठकमा पार्टीको सांगठनिक एकताका लागि ठोस प्रश्ताव पेश गर्नका लागि दुई अध्यक्ष र महासचिवलाई अवका १० दिनभित्रको समय दिएर काम गर्नका लागि जिम्मा दिएको छ ।
त्यही प्रस्तावका आधारमा सचिवालयले छलफल चलाउने निर्णय भएको सचिवालयका एक सदस्यले सुलसुलेलाई बताए । पार्टी एकता भएको अढाई वर्ष पुग्न लाग्दा पनि पार्टी एकतामा विभागहरुले पूर्णता पाउन सकेका छैनन् ।
गत चैत २८ गते बसेको स्थायी कमिटीको बैठकले १ महिना भित्रमा पार्टी एकताका सम्पूर्ण काम सक्ने निर्णय गरेको भएता पनि कोरोनाका कारण अझैसम्म पार्टीको संगठनिक एकता हुन नसकेको पार्टीका एक नेताको भनाइ रहेको छ ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्