Techie IT
९ माघ २०७८, आईतबार

आजको सचिवालय बैठकको निर्णय के आउला त ?


काठमाडौं ।

नेकपा सचिवालयको बैठक अहिले १२.३० बाट प्रधानमन्त्रीनिवास वालुवाटारमा बसिरहेको छ । । आज बस्दै गरेको बैठकले कुन कुन विषयका निर्णय पारित गराउलान त ?

हिजो बस्न भनिएको बैठक विविध कारणले आजलाई सारिएको सचिवालयस्रोतले जनाएको छ । आजको बैठकमा मन्त्री मण्डल हेरफेरको मुख्य एजेण्डा रहेको एक सचिवालय सदस्यले सुलसुलेलाई खुलाए ।

यस्तै दुई अध्यक्षको कार्य विभाजनको निर्णयको कार्यान्वयन आजको बैठकले पारित गर्नु पर्ने जिम्मेबारी रहेको उनले बताए ।

हेरौंं आजको बैठकबाट पार्टीका कुन कुन नेतालाई नयाँ दौरा सुरुवाल सिलाउल लगाउँछ , कुन कुनलाई थन्क्याउन लगाउँछ । आजको नेकपा सचिवालय बैठकले यो विषयको आज फैसला भने थर्ने अडकल काट्न सकिन्छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्