Techie IT
१७ असार २०७९, शुक्रबार

लोकतन्त्र,निरङ्कुशतन्त्रको विकल्प र विधि हो: प्रधानमन्त्री ओली


काठमाडौं ,

संविधान दिवसको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र,निरङ्कुशतन्त्रको विकल्प र विधि भएको बताएका छन् ।

असोज ३ गते शनिबार सैनिकमञ्च टुँडिखेलमा संविधान दिवसको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै प्रधामन्त्री केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन् ।

स्वतन्त्र प्रेस अधिकार,मानव अधिकार, स्वतन्त्ररुपले हिड्न,बोल्न,लेख्न र विचार अभिव्यक्त गर्ने अधिकार पनि यही संविधानको उपज भएको उल्लेख गर्दै यसको संरक्षण र संबद्र्धन गर्दै जानु हाम्रो कर्तब्य रहेको बताए । नेपालको संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै कहीं कतै गल्ती,कमजोरी भएमा त्यसलाई सचयाउन, थपघट गर्दै जान पनि सकिने बताए ।

कोरोनाले विश्मा नै तहस नहस पारेको अहिलेको यो अवस्थाको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पनि यसको प्रभाव परेको र यस महामारीबाट छुटकारा पाउनको लागि सरकार र जनताको सहकार्यले मात्रै सकिने बताउदै कोरोनाको महामारीले विश्वको आर्थिक व्यावस्था खस्किएको वर्तमान अवस्थामा हामीले भने त्यही अवस्थामा राख्न सक्नुमा पनि खुशीको विषय हो भनेका छन् ।

सरकारका गतिविधी र संचालनका वारेमा हुने गरेका टिका टिप्पणीतर्फ इंकित गर्दै जसले जे भने पनि अहिलेको सरकारले जनताका पक्षमा काम गरेको र अव कोरोना निर्मलिकरणपछि देशले आर्थिक क्रान्तिको मार्ग अवलम्बन गर्ने बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्