Techie IT
१५ माघ २०७८, शनिबार

एमालेको प्रदेश अधिवेशन स्थगित


काठमाडौँ । नेकपा एमालेको माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन स्थगित भएको छ । कोभिड १९ को तेस्रो लहर सुरु भएको भन्दै प्रदेश अधिवेशन माघको अन्तिममा गर्ने निर्णय भएको हो ।

नेकपा एमालेका सचिव भिष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ गतेका लागि सारिएको जानकारी दिए । कोभिड १९ को तेस्रो लहर सुरु भएकाले माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन सारिएको अधिकारीले बताए ।

कतिपय जिल्लामा अधिवेशन नभएको कारणले पनि अधिवेशन सार्नुपरेको अधिकारीले बताए । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्