Techie IT
१२ साउन २०७८, मंगलबार

प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशीको उद्घाटन गर्दै


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह चार बजे भर्चुवल रुपमा आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

वि सं २०७ २ सालमै आयोजना सम्पन्न हुने लक्ष्य राखिएको भए पनि भुकम्पका कारण आयोजना ढिलो गरी सम्पन्न भएको निर्माण पक्षको दाबी छ । यस आयोजना ११ वर्षको अवधिमा सम्पन्न भएको छ ।

कुल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो जलविद्युत् आयोजनामा सोमबार एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरु हुनेछ। आगामी आर्थिक वर्षमा ४५६ मेगावाट नै उत्पादनको लक्ष्य लिएको यो आयोजनाबाट करिब ३ महिनाको निरन्तर परीक्षणपछि विद्युत् उत्पादन हुन लागेको हो ।

आयोजनामा कुल ६ वटा युनिटबाट ७६ मेगावाटका दरले ४५६ मेगावाट विद्युत् उत्पादन हुने निर्माण पक्षले जनाएको छ । सोमबारदेखि भने एउटा युनिटबाट मात्रैं विद्युत उतपादन हुने जनाइएको छ ।


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्