Techie IT
सोमबार, वैशाख ६,२०७८

पत्रकार महासंघको मतदान सुरु


काठमाडौं ।

नयाँ नेतृत्वको लागि नेपाल पत्रकार महासंघको देशै भरि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदानमा केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको हो । मतदानअपराह्न चार बजेसम्म जारी रहने महासंघले जनाएको छ ।महासंघको पहिलो पटक प्रत्यक्ष्ँ निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन हुन लागेको हो । देशभरका १३ हजार १ सय ८० पत्रकारहरुको संगठनले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत अहिलेको नेतृत्व चयन गर्न लागेका हुन् ।

अहिलेको निर्वाचनमा प्यानल खडा गरेर प्रतिष्पर्धामा उत्रिएका छन् । जसमा विपुल पोखरेल र निर्मला शर्माको अलग प्यानल प्रतिष्पर्धा गरिरहेको छ भने गजेन्द्र वुढाथोकी पनि अध्यक्षका लागि स्वतन्त्र रुपमा उम्मेदबार बनेका छन् । विपुल पोखरेल प्यानललाई प्रेस युनियन,प्रेस सेण्टर,प्रेस चौतारी (माधव नेपाल समूह)लगायतका ११ वटा संगठनको समिकरण बनेको छ भने सुजना शर्मा नेतृत्वमा प्रेस चौतारी(ओली समूह)लगायतको साझा उम्मेदवार बनेकी छिन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

यस्तै सृजना शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी, महासचिवमा बालकृष्ण बस्नेत , सचिवमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट),कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समितिको संयोजकमा द्वारिकाप्रसाद काफ्ले प्रतिस्पर्धामा उत्रिएका छन् ।

देशभरका मतदाताहरुले आआफ्नो मतदान केन्द्रबाट केन्द्रिय पदाधिकारी र सदस्यलाई मतदान गर्न पाउनेछन् । प्रदेशमा सदस्यता भएकाले सम्बन्धित प्रदेशका लागि तथा उपत्यका, एशोसिएट र प्रतिष्ठान सदस्यहरुले आ(आफ्नो प्रदेशका उम्मेदवारलाई मतदान गर्न पाउनेछन् । उनीहरुले आ(आफ्नो प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यका उम्मेदवारहरुलाई पनि भोट हाल्न पाउँछन् ।


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्