Techie IT
सोमबार, वैशाख ६,२०७८

भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ कोरोना

दक्षिणी नाकामा कडाइ नहुँदा नेपालमा नयाँ कोरोना महामारीको सन्त्रास बढ्दो


काठमाडौं ।

नेपालभारत सिमा नाकामा कडाइ नगर्दा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा झन झन बढ्न थालेको छ । यसै क्रममा भारतबाट नेपाल आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना देखा परेको छ । कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका कञ्ञ्चनपुर,डडेलधुरा र डोटीका २० जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाबपरीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले तीनै जना होम आइसोलेसनमा छन्। यस क्षेत्रमा भरतबाट दैनि हजारौंको संख्यामा नेपाल भित्रिने गर्छन् ती मध्य केहीको मात्रै नाकाका हेल्थ डेस्कमा एन्टीजेन र स्वाब परिक्षण गर्ने गरिन्छ । यसबाट के वुझ्न सकिन्छ भने नेपालका गाउँ गाउँ सम्म नयाँ भेरियन्टको कोरोना प्रवेश गरिसकेको छ । अब ठूलै महामारीको रुप लिएपछि ध्यान जानु भन्दा सरकारले पहिल्यै वुद्धि पुयाएर यसको रिाकरणमा जोड दिनु आवश्यक छ ।


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्